दफा
कार्यकारी निर्देशक

६. कार्यकारी निर्देशक

(१) समितिको प्रशासकीय प्रमुखको रूपमा काम गर्न नेपाल सरकारले कार्यकारी निर्देशकको नियुक्ति गर्न सक्नेछ ।
(२) कार्यकारी निर्देशकको पदावधि चार वर्षको हुनेछ ।
(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि नेपाल सरकारले आवश्यक देखेमा कार्यकारी निर्देशकलाई निजको पदावधि समाप्त नहुँदै पदबाट हटाउन सक्नेछ ।
(४) कार्यकारी निर्देशकको पारिश्रमिक, सेवाको शर्त तथा सुविधा नेपाल सरकारको स्वीकृति लिई समितिले तोके बमोजिम हुनेछ ।